काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेमा माउन्टेन इनर्जी र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।
माउन्टेन इनर्जीले घोषणा गरेको २० प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य ५ सय ७७ रुपैयाँ ५० पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ६ सय ६९ रुपैयाँमा रहेको थियो ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ५ प्रतिशत बोनश शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य ७ सय २२ रुपैयाँ ८ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ७ सय ५९ रुपेयाँमा भएको थियो ।
मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा आज ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।