images
images

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च ?


  • 218
    SHARES
  • २०८२ मंसिर २४ गते बुधबार

    एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एसवाई प्यानल नेपालको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको १ करोड ३० लाख ८१ हजार ३ सय  ७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ५२ लाख ३२ हजार ५ सय  ४५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    सेयर सूचीकृत भएसँगै बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनेछ। 

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १ सय ६ रुपैयाँ ६१ पैसाादेखि ३ सय १९ रुपैयाँ ८३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। 


    images

    Logo