images
images

विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने


  • 468
    SHARES
  • २०८२ पौष ९ गते बुधबार

    विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने

    काठमाडौं । विजय लघुवित्तले  पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्नेछ।

    यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

    नेपाल धितपत्र बोर्डले मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० कायम हुने छ।

     


    images

    Logo