images
images

सोलु हाइड्रोपावरको आईपीओ पुस २९ गतेदेखि


  • 578
    SHARES
  • २०८२ पौष २० गते आइतबार

    सोलु हाइड्रोपावरको आईपीओ पुस २९ गतेदेखि

    काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओ पुस २९ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत् कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो।

    यस्तो निष्काशन बन्द छिटोमा माघ ४ गते हुनेछ भन उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा माघ १४ गतेसम्म निष्कासन अवधि लम्बिनेछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।


    images

    Logo