images
images

बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि बढ्यो


  • 165
    SHARES
  • २०८२ पौष २२ गते मंगलबार

    बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.९३ अंकले बढेर २६४९.३० को विन्दु कायम भएको छ । मंगलबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

    आज ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो । मंगलबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज जीवन विकास लघुवित्तको सेयर मूल्य उच्च बढेको छ । कम्पनीको सेयर मूल्य यस दिन प्रतिकित्ता ९.९७ अंकले बढेको हो । रु रु जलविद्युत परियोजनाको सेयरमूल्य सर्वाधिक ८.४१ प्रतिशत घटेको छ।


    images

    Logo