काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । । कम्पनीले दोस्रो चरणमा पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत् कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।