images
images

सीईडीबी हाइड्रोपावरको शेयर आज बाँडफाँट हुँदै, रुरुजस्तै अर्को आशलाग्दो आईपीओ 


  • 726
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    सीईडीबी हाइड्रोपावरको शेयर आज बाँडफाँट हुँदै, रुरुजस्तै अर्को आशलाग्दो आईपीओ 

    काठमाडौं । सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट आज हुने भएको छ । आज (शुक्रबार) बिहान ११ बजे आईपिओ बाँडफाँड हुने बिक्रि प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । 

    आईपीओका लागि बिहीबार प्रि–अलटमेन्ट बिहीबार भइसकेको छ । जसअनुसार १६ लाख ८५ हजार ६ सय २७ जना योग्य आवेदक मध्येबाट गोलाप्रथामा २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर पाउने क्यापिटलले जनाएको छ । ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएका छन् । 

    सीइडिबीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको सर्वसाधारण शेयर जारी गरेकोमा कर्मचारी र म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदनका लागि छुट्याइएको थियो । 

    रुरुजस्तै अर्को आईपीओ 

    सीईडीबी हाइड्रोपावरलाई हाइड्रो क्षेत्रको कम्पनीमध्ये अर्को एउटा आशालाग्दो कम्पनीको रुपमा हेरिएको छ । यसअघि रुरु हाइड्रोपावर कम्पनीको शेयरलाई सर्वसाधारणले निकै महत्व दिएका थिए । अहिले यो कम्पनीको शेयर दोस्रो बजारमा ८ सय ८० रुपैयाँमा कारोबार भइसकेको छ । यो बढ्ने क्रम जारी नै छ । 

    रुरु हाइड्रोपावर भन्दा यो कम्पनीले शेयर कारोबारका लागि धेरै ओपनिङ रेञ्ज पाउनेछ । यो कम्पनको पहिलो शेयर कारोबार अधिकतम ४ सय १६ रुपैयाँसम्ममा कारोबार हुन सक्नेछ । यो कम्पनीले गत आर्थिक वर्षमा १३.०५ प्रतिशेयर आम्दानी गरेको थियो । रुरुले भने १७.९० प्रतिशेयर आम्दानी गरेको थियो ।


    images

    Logo