images
images

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु


  • 100
    SHARES
  • २०८३ आषाढ ७ गते आइतबार

    पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

    सुर्खेत । कर्णाली प्रदेशमा पौढी खेल्ने क्रममा डुवेर एकैदिन तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

    यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ । घट्नाका समबन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 




    images

    Logo