images
images

२३ वर्षदेखि अलपत्र पारेको भन्दै कमेरोटार जग्गा एकीकरण आयोजनामा धर्ना


  • 154
    SHARES
  • २०८३ आषाढ ३० गते मंगलबार

    २३ वर्षदेखि अलपत्र पारेको भन्दै कमेरोटार जग्गा एकीकरण आयोजनामा धर्ना
    भक्तपुर । २३ वर्षदेखि अलपत्र पारेको भन्दै कमेरोटार जग्गा एकीकरण आयोजनामा स्थानीयवासीले धर्ना दिएका छन् । मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका एक हजार घरधनीहरुले कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना दिएका हुन् । 
     
    पीडित जग्गा धनीहरूले २३ वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर नयाँ उपभोक्ता समिति गठन गर्न माग गर्दै सोमवार आयोजनाको कार्यालयमा धर्ना दिए । स्थानीयले कार्यालय अगाडि धर्ना दिएर कार्यालयमा तालाबन्दीको तयारी गरेपछि प्रहरी परिचालन गरिएको थियो । 
    1783994169-N2vnN.jpg
    undefined
     
    तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भई जग्गा एकीकरण आयोजना २०६५ असार मसान्तसम्ममा सम्पन्न गरेर जग्गा धनीलाई विकसित घडेरीसहितको जग्गा फिर्ता गर्ने सर्त रहेको थियो । सोहि सर्तमा नगर विकास आयोजनाले २०६१ सालमा एक हजार पाँच सय रोपनी क्षेत्रभित्र आयोजना सुरु गरेको थियो । 
     
    तर, दुई दशकबढी हुंदापनि अलपत्र पारेर जग्गा धनीहरूलाई पीडित बनाएको भन्दै एक साता अघि संघर्ष समिति गठन गरि उपभोक्त समिति खारेजीको एक सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक श्रीबहादुर खड्का बताए । दुई वर्षदेखि आयोजना सम्पन्न गर्न पटक–पटक माग राख्दै आएपनि योजना कार्यालय, मध्यपुरथिमि नगरपालिका, नगर विकास कार्यालयले  बेवास्ता गरेपछि उपभोक्ता समिति खारेजको मागराखि आन्दिोलनमा उत्रन बाध्य भएको खड्काले बताए । 
     
    सडक कालोपत्र अधूरो, खानेपानीको अभाव, ढलको उचित व्यबस्थापन नगरी आयोजना अलपत्र पारेर जग्गा बिक्री गरेर खर्च गर्ने तर आयोजना सम्पन्न नगर्ने भएपछि आन्दोलन गर्न बाध्य भएको खड्काको भनाई छ ।  २०५९ मङ्सिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी पूर्व नगरप्रमुख एवं वर्तमान् सांसद मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति हालसम्म कायम छ । 
    main.jfif
     
    उपभोक्ता समितिले नै जग्गा धनीको पक्षमा काम नगरी आयोजनाको पक्षमा बसेर उपभोक्ताको हित विपरीत काम गरेको आरोप स्थानीय एकराज भण्डारीले लगाए । उपभोक्ता समितिमा जग्गाधनी रहनुपर्नेमा राजनीतिक दलको भागबण्डा बनाएर राखिएको, जग्गा धनीलाई समितिबाट बाहिर राखिएको, २३ वर्षदेखि स्थानीयको करोडौको जग्गा बिक्री गरे पनि आयोजना अलपत्र पारेकोे भण्डारीले बताए । 
     
    तीन वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि अझैसम्म आयोजनामा कालोपत्र सडकले पूर्णता पाउँन सकेको छैन । खानेपानीको समुचित व्यवस्था नभएको, हजारभन्दा बढी घर भएको बस्तीमा कम्तीमा ढलका लागि सानो ह्युमपाइप हालेर छोड्दा वर्षामा ढल जाम भएर बस्ती डुबानमा पर्ने गरेको आरोप स्थानीयले लगाएका छन् । 
    kamero.jfif


    images

    Logo