images
images

रसुवा बाढीमा परेर २५८ को मृत्यु, ९१० वेपत्ता


  • 105
    SHARES
  • २०८३ भाद्र ११ गते बिहीबार

    रसुवा बाढीमा परेर २५८ को मृत्यु, ९१० वेपत्ता
    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या २५८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोखरामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या बढेको हो ।
     
    प्राधिकरणका अनुसार बाढीपिडित क्षेत्रमा १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार २५०,  नेपाली सेना चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ उद्धार, खोज र राहतमा खटिएका छन् । 
     
    आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको छ । प्राधिकरणका अनुसार ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन् । 
     
    त्यसैगरी भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१, नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्क विहिन छन् ।




    images
    images

    Logo