images
images

मानुषी र दोर्दीखोलाको आईपीओ प्रस्ताव अघि बढ्यो, ३३ लाख कित्ता शेयर आउने, कस्ता छन् कम्पनी ? 


  • 684
    SHARES
  • २०७८ जेठ १ गते शनिबार

    मानुषी र दोर्दीखोलाको आईपीओ प्रस्ताव अघि बढ्यो, ३३ लाख कित्ता शेयर आउने, कस्ता छन् कम्पनी ? 

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दीखोला जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पुगेको छ । दुवै कम्पनीले छुट्टाछुट्टै रुपमा गरेको आईपीओ प्रस्तावलाई बोर्डले स्वीकृति प्रक्रियामा राखेको छ । दोर्दीखोलाले २१ गते र मानुषीले १३ गते बोर्डमा आईपीओका लागि निवेदन दिएका थिए । प्रारम्भिक अध्ययनपछि बोर्डले यसलाई पाइपलाइनमा पठाएको हो ।

    मानुषी लघुवित्त बनेपा केन्द्रीय कार्यालय भएको राष्ट्रिय स्तरको लघुत्ति हो । अहिले ७ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । अहिले लघुवित्तले ३ करोड ८३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित शेयर बिक्रीपछि लघुवित्तसँग कुल शेयरमा संस्थापक र साधारण शेयरको अनुपात ६४ः३६ प्रतिशत हुनेछ । 

    उता दोर्दीखोला जलविद्युतले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेको छ । यो कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो कम्पनीमा लमजुङ जलविद्युत् कम्पनी, राधी जलविद्युत् कम्पनी लगायतको लगानी छ ।


    images

    Logo