काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.२६ अंकले बढेर २७.३८ अंकमा पुगेको छ ।
आजको दिनमा २ करोड १३ लाख सेयर कित्ता १० अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।
यो दिन १६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ । सबैभन्दा बढी बीमा कम्पनीमा लगानकिर्ताको आकर्षण देखिएको छ ।
त्यसैगरी, रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट देखिएको छ ।