काठमाडौं । आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग २–१ ले पराजित भएको छ ।
यसैसँग ला लिगाको २६ पटकको च्याम्पियन बार्सिलोना यो सिजन उपाधि होडबाट बाहिरिएको छ ।
खेलमा २८औँ मिनेटमा कप्ता लियोनल मेसीले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
३८औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई खेलमा बराबरी अवस्थामा ल्याए ।
८३औँ मिनेटमा बार्सिलोनाका सिमिट लंङलेट रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
खेल सकिन एक मिनेट बाँकी छँदा मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टा डी भिगोलाई जित दिलाए ।
लिगमा बार्सिलोनाले अब एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
दोस्रो स्थानको रियल मड्रिड ८१ अंकसहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक हित शीर्ष स्थानमा छ । सेल्टा डी भिगो ५३ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।
अब एट्लेटिको र रियलको अन्तिम खेलबाट उपाधिको टुंगो लाग्नेछ ।


