काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) ले कारोबार र परिसूचक दुवैमा नयाँ रेकर्ड बनाएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से
परिसूचक २७९३.८९ अंकमा पुगेको हो । आज बजार परिसूचक ३४.६८ विन्दुले बढेको थियो ।
बजारमा आज ११ अर्ब ३५ करोड भन्दा बढीको कारोबार भयो । बजारमा होटल, फाइनान्स, लगानी, विकास बैंक र हाइड्रोपावर सूमहमा उछाल देखिएको छ ।
आज बजारमा ३४ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरै मूल्य कमाएका छन् । त्यसरी मूल्य बढ्ने अधिकांश कम्पनी सोही समूहका छन् ।
आज बजारमा १ सय ८२ कम्पनीमध्ये १ सय ५८ कम्पनीको मूल्य बढेको छ । नेपाल टेलिकम, अपर तामाकोशी लगायतको शेयरमूल्य सामान्य घटेको छ ।