images
images

वुटवल पावर कम्पनीले तोड्यो स्थिरता, लामो समयपछि शेयरमूल्यमा सर्किट


  • 645
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    वुटवल पावर कम्पनीले तोड्यो स्थिरता,  लामो समयपछि शेयरमूल्यमा सर्किट

    काठमाडौं । बजारमा हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको धेरै अघिदेखि हो । बढ्दो बजारबीच अरु क्षेत्रको शेयर महँगो हुँदै गएको अवस्थामा हाइड्रोपावरको शेयर उचालिएको हो । फलस्वरुप नयाँ आयोजना पनि नआएका र वर्तमानमा पनि नगन्य नाफा वा घाटामा रहेका शेयरहरु धमाधम बढ्न थाले । 

    त्यति मात्रै नभएर नयाँ आईपीओ आएका हाइड्रोपावरहरु उचालिए । तर, हाइड्रोपावर क्षेत्रमा राम्रोमध्येकै एक मानिएको बुटवल पावर कम्पनीको शेयर भने स्थिरजस्तै रह्यो । 

    आज भने बुटवल पावर कम्पनीले समेत लामो समयदेखिको स्थिरता तोडेर सकारात्मक सर्किटको दिशामा उन्मुख भएको छ । बजारमा सो कम्पनीको शेयर एकैदिन ४२ रुपैयाँ बढेर ४६९ रुपैयाँ पुगेको छ । यो ९.८४ प्रतिशतको वृद्धि हो । सो कम्पनीको शेयर आज ४ लाख ३१ हजार कित्ता किनबेच भएको नेप्सेको तथ्यांक छ । 


    images

    Logo