images
images

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा २५ लाख ९९ हजार आवेदन, तीन अर्ब बढीको शेयर माग


  • 557
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    नेष्डो समृद्ध लघुवित्तको आईपीओमा २५ लाख ९९ हजार आवेदन, तीन अर्ब बढीको शेयर माग

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा २५ लाख ९९ हजार ५ सय ९८  को आवेदन परेको छ ।यो आईपीओ फागुन ११ गते खुला भएको थियो ।

    सो सख्याको आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ कित्ता शेयरको लागि आवेदन परेको छ ।८ लाख २८ हजार ७ सय ५० कित्ता बराबर मूल्यमा जारी गरिएको थियो।

    कुल निष्कासनको ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० युनिट कर्मचारीका लागि छुट्याएको छ भने ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ इकाई सामूहिक कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणलाई वितरण हुनेछ ।

    लघुवित्तको अधिकृत पुँजी ५० करोड रुपैयाँ छ भने  चुक्ता पुँजी १७ करोड २१ लाख २ हजार रहेको छ भने सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

     


    images

    Logo