images
images

ग्रीन भेञ्चरको आईपीओमा आवेदन दिने समय थपियो


  • 759
    SHARES
  • २०७८ फाल्गुण १६ गते सोमबार

    ग्रीन भेञ्चरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । ग्रीन भेञ्चरले  साधारण शेयर (आईपीओ) मा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित तथा स्थानीयवासीका लागि निष्काशन गरेको आईपीओमा माग बमोजिम दरखास्त नपरेकाले समय थप गरिएको हो । 

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि फागुन २ गतेदेखि साधारण सेयर खुला गरेको थियो । अब सो अवधिलाई बढाएर फागुन ३२ गतेसम्म पुर्याएको छ । 

    कम्पनीले  आयोजना प्रभावित तथा स्थानीयवासीका लागि फागुन३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको छ । रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको  छ । 

    यो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । 

    सो कम्पनीको प्रतिशेयर लागत मूल्य २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७.९१ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.५७ वर्ष रहेको छ । 


    images

    Logo