काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनी मोडेलमा रुपान्तरण भएको १४ वर्षमा टेलिकमले पहिलोपटक बोनस शेयर जारी गर्न लागेको हो ।
सो प्रयोजनका लागि टेलिकमले साधारणसभा बोलाएको छ । चैत २३ गते काठमाडाैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारणसभा बोलाइएको छ । सभाले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी २० प्रतिशत बोनस शेयर समेत दिनेगरी सभामा प्रास्ताव गर्नेछ ।
टेलिकममा हाल ९२ प्रतिशत लगानी सरकारको छ । हाल १५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सो कम्पनीले २० प्रतिशत बोनस शेयर दिँदा पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ ।


