images
images

यी हुन् सबैभन्दा बढी निर्यात भएका १० देश, कुन देशमा कति निर्यात भयो ?


  • 647
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    यी हुन् सबैभन्दा बढी निर्यात भएका १० देश, कुन देशमा कति निर्यात भयो ?

    काठमाडौं । आर्थिक वर्षको ८ महिनामा कुल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको भएको छ । त्यसमध्ये १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने १ खर्ब ४७ खर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको विवरया अनुसार आर्थिक वर्षको ८ महिनामा आयात ३८.६४ प्रतिशतले बढेको छ भने निर्यात ८२.९२ प्रतिशतले बढेको छ । त्स्यस्तै, ८ महिनामा बैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । यो गतवर्षको तुलनामा ३४.५० प्रतिशतले बढि हो । 

    विभागको अनुसार कुल १ खर्ब ४७ अर्ब निर्यातमा सबैभन्दा बढि निर्यात गर्ने १० देशहरुमा भारत,अमेरिका, जर्मनी, टर्की, बेलायत, फ्रान्स, अस्ट्रेलिया, इटाली, जापान, क्यानडा रहेका छन् । 

    उक्त १० देशमध्ये सबैभन्दा बढि निर्यात गर्ने देश भारत रहेको छ । आर्थिक वर्षको ८ महिनामा नेपालबाट भारत १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । त्यस्तै, दोस्रो धेरै निर्यात गर्नेमा अमेरीका रहेको छ । अमेरीकाले यो अवधिमा ११ खर्ब २८ करोड बराबरको निर्यात गरेको छ ।

    तेस्रो धेरै निर्यात गर्नेमा जर्मनी रहेको छ । जर्मनीले यस अवधिमा २ अर्ब ६६ करोड बराबरको वस्तु निर्यात भएको छ । त्यस्तै, चौथो धेरै आयात गर्नेमा टर्की रहेको छ । सो देशमा नेपालबाट २ अर्ब ५७ करोड रुपैया बराबरको वस्तु निर्यात भएको छ । 

    पाचौँमा बेलायत रहेको छ सो देशमा ८ महिनामा २ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । त्यसैगरि छठौँमा फ्रान्स रहेको छ । फ्रान्समा यस अवधिमा १ अर्ब १४ बरोड बराबरको मालसामान निर्यात भएको छ । सातौँ स्थानमा अस्ट्रेलीया रहेको छ , अस्ट्रेलीयाले नेपालबाट ८ महिनामा ७५ करोड ३२ लाख सम्म निर्यात गरेको छ । 

    आठौँ भेरै निर्यात गर्नेमा इटाली रहेको छ । इटालीले यस खवधिमा ७१ करोड ५६ लाख बराबरको वस्तु निर्यात गरेको छ । त्यस्तै, नवौँ र दसौँमा क्रमश जापान र क्यानडा रहेका छन् उक्त देशमा यस समयमा ७० करोड ७२ लाख र ६८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेका छन् । 

     


    images

    Logo