काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि १ः०.३ अनुपातको दरले हुन आउने हकप्रद शेयर विक्री खुला गरेको हो ।
कम्पनीले ५२ करोड ७५ लाख रुपैयाँ बराबरको ५२ लाख ७५ हजार कित्ता हकप्रद शेयर जारी गरेको छ । माघ २० गतेसम्म दोस्रो बजारमा शेयर कायम भएकाहरु शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर निष्कासनमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद शेयरमा चैत १ गतेदेखि चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट आवेदन दिनसक्ने जनाइएको छ ।
सो हकप्रद शेयर निष्काशनको लागि कम्पनीले एनआईबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।


