images
images

माथिल्लो दोर्दी ‘ए’ को बिजुली साउनदेखि, २५ मेगावाट थपिने


  • 480
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    माथिल्लो दोर्दी ‘ए’ को बिजुली साउनदेखि, २५ मेगावाट थपिने

    काठमाडौं । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ ।  कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । 

    आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उहाँको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ ।

     “यतिबेला पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम भयो, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएको आधा काम बाँकी छ”, प्रवद्र्धक वस्तीले भन्नुभयो, “आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७ सय मिटर लामो भूमिगत सुरुङ र २ हजार ७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने छ । ”

    यसको सफल परीक्षणसमेत भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त लाइन निर्माण भएसँगै परीक्षण उत्पादन थाल्ने र सफल भएसँगै व्यावसायिक रुपमा बिजुली उत्पादन हुनेछ । 

    आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । 

    आयोजनाको लागत प्रतिमेगावाट१८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।


    images

    Logo