काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सले एकसाथ विशेष साधारणसभा बोलाएका छन् । दुई संस्थाबीचको एक्विजिसनलाई पारित गर्न दुवै संस्थाले असार ५ गतेका लागि विशेष साधारणसभा बोलाएका हुन् । नबिलले युनाइडेडलाई आफूमा गाभ्नेगरी यसअघि नै प्रारम्भिक समझदारी भइसकेको छ ।
उक्त साधारणसभाले एक्विजिसनसम्बन्धी प्रारम्भिक समझदारीलाई अनुमोदन गरी अन्तिम समझदारी गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।
युनाइटेड फाइनान्सको १०० कित्ता शेयरलाई नबिलले आफ्नो बैंकको ३५ कित्ता हुनेगरी स्वाप रेसियो निर्धारण गरिएको छ । साधारणसभा गर्ने प्रयोजनको लागि नबिल बैंकको शेयर खाता जेठ २८ गते बन्द गर्ने व्यवस्था गरिएको छ । युनाइडेडको भने सम्झौताको मितिदेखि नै कारोबार बन्द रहेको छ ।