काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ ।
कम्पनीले २०७८/७९ को मुनाफाबाट सनराइज फस्र्ट म्युचुअल फण्डका इकाइधनीहरुलाई कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सो पैयोजनका लागि कम्पनीले भदौ २९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ उक्त लाभांश बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका इकाइधनीहरुले मात्र पाउने कम्पनीले जनाएको छ।