images
images

सहरी विकास मन्त्रालयको सहकार्यमा कटारी–सिमसार सडक कालोपत्रे गरिने


  • 598
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    सहरी विकास मन्त्रालयको सहकार्यमा कटारी–सिमसार सडक कालोपत्रे गरिने

    काठमाडौं । पर्यटकीय गन्तब्य बन्दै गएको उदयपुरको कटारी–५ स्थित सिमसार जाने सडकको स्तरोन्नती गरिने भएको छ । कटारी नगरपालिका–४ को विकास चोकदेखि, वर्मजिया, सिमसार, तीनतले सडकसण्ड स्तरउन्नतीका साथै कालोपत्रे गरिने भएको हो ।

    कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले सहरी विकास मन्त्रालयले पनि बजेटमा ९७ लाख छुट्याएको जानकारी दिए । त्यसैगरी प्रदेश–१ को भौतिक पूर्वाधार मन्त्रालयले पनि ९७ लाख नै बजेट छुट्याएको पनि मेयर श्रेष्ठले जानकारी दिए ।

    कटारी बजारबाट सिमसारसम्म जाने सडक कच्ची भएपछि यसलाई स्तरउन्नती गर्न मन्त्रालय तयार भएको हो । “दुईवटा बजेट मिलाउन सके कालोपत्रे गर्ने तयारीमा छौँ”, मेयर श्रेष्ठले भने, “यसका लागि मन्त्रालयमा सहकार्यका आवश्यक प्रकृया अघि बढाएका छौँ ।”

    यसअघि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश–१ बाट प्राविधिक आएर यसको सर्वेक्षण गरिसकेका छन् । त्यसैगरी सहरी विकास मन्त्रालय अन्र्तगतका प्राविधिकसमेतले यस सडकको पहिलो चरणको सर्वेक्षण गरिसकेको छ ।

    सिसाघारी सामुदायिक बनउपभोक्त समितिद्वारा निर्मित र सञ्चालित सिमसार तथा पर्यटन क्षेत्रमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको समितिका संयोजक दिलबहादुर अधिकारीले बताए । 

    मूख्यगरी कच्ची बाटोका कारण वर्षामा आउजाउ गर्न समस्या भएकाले सडक कालोपत्रे बने यो प्रदेश–१ कै उदाहरणीय सिमसार बन्ने संयोजक अधिकारीको भनाइ छ । 

     


    images

    Logo