काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड मातहतको हिमताल हाइड्रोपावर कम्पनी लिमिटेडले ३२७ मेगावाटको अपर मर्स्याङदी–२ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको छ ।
आइतबार लगानी बोर्डले माथिल्लो मर्स्याङदी–२ जलविद्युतआयोजनाको सम्भाव्यता अध्ययनको लागि लाइसेन्स दिएको हो । भदौमा नै बोर्ड र कम्पनीबीच आयोजना अघि बढाउन द्धिपक्षीय सम्झौता (एमओयु) भएको थियो। एमओयु भएको ४५ दिनमा सर्वे लाइसेन्स लिनुपर्ने हुन्छ। सोही अनुसार कम्पनीले लाइसेन्स लिएको हो।
इजाजतपत्र जारी गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले डीपीआर तोकिएको समयसीमा भित्र पेस गर्न आग्रह गरे ।