images
images

सिद्धार्थ इन्स्योरेन्स र माउण्टेन ईनर्जीले गरे लाभांश घोषणा, कुनको कति ?


  • 384
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    सिद्धार्थ इन्स्योरेन्स र माउण्टेन ईनर्जीले गरे लाभांश घोषणा, कुनको कति ?

    काठमाडौं ।सिद्धार्थ इन्स्योरेन्स र माउण्टेन इनर्जीले लाभांश घोषणा गरेका छन् । मंगलवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको कर प्रयोजनका लागि समेत ९.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    कम्पनीको उक्त लाभांश बीमा प्रधिकरणको स्वीकृति दिइ कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ ।  

    त्यस्तै, माउण्टेन इनर्जीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीकाे साे लाभांश आगामी साधारणसभाले पारित गरेपछि बितरण हुनेछ ।

    साे कम्पनीले पुस ८ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २७ गते बुक क्लोज गर्ने भएकाे छ ।


    images

    Logo