काठमाडौं । एभरेष्ट बैंकले साधारणसभा बोलाएको छ । बुक्रवार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले मंसिर २६गते लैजचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेगरि साधारणसधा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ७.६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सो बैंकले अधिकृत पूँजी बृद्धि गरी १ हजार ५ सय करोड पुर्याउने, तथा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।
सो सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।