काठमाडौं ।फर्स्ट माइक्रोफाइनान्सले साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले पुस ३० गते आम्रपाली व्याङ्केट भाटभटेनी काठमाडौंमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सो सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।