images
images

नबिल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 797
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    नबिल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नबिल बैंकले साधारणसभा बोलाएको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले पुस २९ गते सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बस्नेगरि सो सभा बोलाएको छ । उक्त सभाले बैंकले प्रस्ताव गरेको चुक्ता पूँजीको १८।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११।५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश लिन र सो साधारणसभामा सहभागी हुन पाउनेछन् । 


    images

    Logo