images
images

सिवाईसी लघुवित्तले बोलायो साधारणसभा, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश ?


  • 390
    SHARES
  • २०७९ पौष १० गते आइतबार

    सिवाईसी लघुवित्तले बोलायो साधारणसभा, कहिलेसम्म कायम शेयरधनीले पाउँछन्  लाभांश ?

    काठमाडौं । सिवाईसी लघुवित्तले साधारण सभा बोलाएको छ । 

    कम्पनीले पुस ३० गते कम्पनी केन्द्रिय कार्यालय, सभागृहचोक पोखरामा बिहान ११ बजे बस्नेगरि सधा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 


    images

    Logo