काठमाडौं । घलेम्दी हाइड्रो पावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शनिवार बिहान बसेको सत्तचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ।
उक्त हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र अनुमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने कम्पनीले जनाएको छ।