काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालको समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । सभा लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेभएको छ ।
सभामा यस इन्सुरेन्सले हाल कायम चुक्ता पुँजीको ८८.४५ प्रतिशत अर्थात १००ः८८.४५ सेयर अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, हकप्रद सेयर जारी गरेपछि कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने हुँदा प्रबन्धपत्र र नियमावलीको दफाहरु संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि यसले पुस २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।