images
images

तीन वर्षपछि काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै


  • 453
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    तीन वर्षपछि काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै

    काठमाडौं । तीन वर्षपछि काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।  व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको आयोजनामा यही चैत २ देखि ६ गतेसम्म उक्त मेला आयोजना गर्न लागिएको हो । मेलाको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहयोग गरेको छ । 

    नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेलाको मितिबारे जानकारी गराउँदै मेलाका लागि स्टल बुकिङसमेत खुला गरेको जानकारी दिइएको थियो । हरेक वर्ष हुँदै आएको उक्त मेला कोभिड महामारीका कारण दुई पटकसम्म हुन सकेको थिएन । नवौँ संस्करणको यो मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका हस्तकला व्यवसायीहरुको सहभागिता रहनेछ । 

    ३०० भन्दा बढी स्टल रहने मेलामा नेपाली हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा र एनटीआईएसमा सूचीकृत उत्पादनहरुको प्रदर्शनीे हुनेछ । यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी हुने समेत जनाइएको छ । मेलामा नेपाल सहित सार्क मुलुकहरु, चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशहरुको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान लगायतका देशका ५० हजार भन्दा बढी नागरिकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

    आजको पत्रकार सम्मेलनलाई महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र कार्यकारि निर्देशक शरद विक्रम राणाले सम्बोधन गरेका थिए । 

     


    images

    Logo