images
images

सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गरिँदै


  • 340
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गरिँदै

    काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र  नाला बनाउने काम सकिन लागेको छ । 
     
    विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ । कालोपत्र र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए । “विमानस्थल निर्माण सकिन लागेको छ”, उनले भने, “चाँडै विमानस्थलमा जहाज अवतरण गराउने योजना छ ।”

    विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताए । 

    विमानस्थल निर्माणमा १ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको छ । कालोपत्र गर्न १४ करोड ९३ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।  


    images

    Logo