काठमाडाैं । पर्यटन उद्योगलाई पुनस्र्थापित गर्न चेम्वरले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विभिन्न सुझाव दिएको छ । बुधवार पर्यटन मन्त्री सुदन किरातीलाई भेटेर चेम्वरले उक्त सुझव लिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) का कारण नेपालको पर्यटन क्षेत्र वढी प्रभाबित हुन पुगेको र हाल पर्यटक आगमनमा आएको क्रमिक सुधारले केही राहत भएता पनि वैंकको व्याजदर लगायत बिबिध कारणहरुले पर्यटन क्षेत्रले अझै गति लिन नसकेको चेम्वरको भनाइ छ ।
पर्यटन प्रवद्र्धन तर्फ :
१. भारत तथा चीनबाट मात्रै नेपालमा पर्यटकको आगमनमा वृद्धि भएमा नेपालको पर्यटन व्यवसायलाई टेवा मिल्ने भएकोले भारत तथा चीनमा नेपालको पर्यटन प्रवद्र्धनको लागि प्रचार प्रसार गर्न नेपाल पर्यटन बोर्ड मार्फत कुटनीतिक स्तरमा बिशेष कार्यक्रम ल्याइनु पर्ने ।
२. भारतीय पर्यटकहरुलाइ सहजीकरण प्रदान हुन भारतीय पर्यटक लिएर आएका भारतीय नम्वर प्लेट भएका सवारी साधनहरुलाइ क्ष्लनभि अजभअपउयकत कथकतझ अन्तर्गत सहज प्रवेश गर्न दिइ बाटोमा अन्य कुनै झण्झट गर्न नहुने ।
३. पर्यटनसंग सम्वन्धित अन्तर्राष्ट्रिय ख्याती प्राप्त संचार माध्यमहरुलाई आमन्त्रण गरी नेपालको पर्यटन प्रवद्र्धन वारे प्रचार प्रसार गर्ने ।
४. नेपालमा पर्यटकको आगमनलाई वृद्धि गर्न नेपाल वायुसेवा निगमले नया“ जहाज खरिद गरी अन्तर्राष्ट्रिय गन्तव्यस्थल वढाउनु पर्ने ।
५. पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको हुन्छ । काठमाण्डौको ठमेल, चितवनको सौराहा तथा पोखरा स्थित रात्रीकालीन व्यवसायहरुलाइ आवश्यक सुरक्षा प्रदान गरी निर्वाध ढंगले सचालन हुने व्यवस्था गरिनु पर्दछ ।
६. भारतीय पर्यटकले अधिकतम भा.रु. २५ हजार मात्र साथमा ल्याउन पाउने सिमाले नेपालको पर्यटन व्यवसायले बान्छित लाभ प्राप्त गर्न सकेको छैन यस सन्दर्भमा भा.रु २५ हजार लाइ वढाइ भा.रु.२ लाख ५० हजारसम्मको नगद ल्याउन पाउने व्यवस्था हुनुपर्दछ । यसका साथै ५ सय र २ हजार दरका भा.रु.लाइ सटही सुबिधा प्रदान गरी डिजिटल कारोवारलाइ समेत प्रोत्साहित गरिनु पर्दछ ।
७. सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेज सहित सांवा तथा व्याज भुक्तानीमा पुनर्तालिकीकरण गरी सुबिधा प्रवाह हुनु पर्ने ।
८. पर्यटन बिज्ञ समुहले पर्यटन प्रवद्र्धनका लागि दिइ सकेका सुझावहरु कार्यान्वयन तर्फ पहल गरिनु पर्ने ।
९. पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र सन् २०२३ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने ।
१०. पूर्वीय संस्कृतिवारे खास गरेर योगा लगायतका सम्वन्धमा पश्चिमी मुलुकहरुमा धेरै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुंदा यसको प्रवद्र्धन गर्न सकिएमा पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनु पर्ने ।
११. मेडिकल पर्यटन, होम स्टे, शैक्षिक पर्यटन, सांस्कृतिक पर्यटन जस्ता बिबिधतायुक्त विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउने ।
१२. राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थलको विशेष संरक्षण गर्नुपर्ने ।
१३. गैर आवासीय नेपालीहरुको नेपाल आगमन वृद्धि गर्न नेपालका वायुसेवा तथा होटलहरुमा आवासीय नेपाली नागरिकलाइ लिए सरहनै शुल्क लिइनु पर्ने ।
हवाइ सेवा तर्फ :
१. युरोपेली युनियनको ब्खष्बतष्यल क्बाभतथ ष्कित बाट नेपाली वायुसेवा हटी नसकेकोले २७ वटा युरोपेली मुलुकहरुमा उडान गर्न वंचित छन । यसबाट पनि पर्यटकहरुको आगमन प्रभाबित भएको छ । यस सन्दर्भमा युरोपेली युनियनको ब्खष्बतष्यल क्बाभतथ ष्कित बाट नेपाली वायुसेवालाइ हटाउन पहल गरिनु पर्ने ।
२. पर्यटन प्रवद्र्धनको लागि पर्यटन पूर्वाधार निर्माणको कार्यलाइ प्राथमिकता दिइनु पर्ने र क्षतिग्रस्त संरचनाहरु अविलम्व मर्मत संभार गरिनु पर्ने ।
३.हाल सिमित पार्टपुर्जामा मात्र दिईंदै आईएको मू.अ.क. छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने ।
४.नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने बिभिन्न शुल्कहरु समय सापेक्ष, सस्तो तथा सुलभ गरिनु पर्ने ।
५.साना स्केलका हेलिकप्टर तथा हवाइसेवाहरु, संचालन लागतका कारण संभाव्य नहुने देखिएकोले यस्तो प्रकृतिका हवाइसेवा व्यवसायलाइ मर्ज गर्ने नीति ल्याइनु पर्ने


