images
images

बढ्दो क्रममा महंगी, काठमाडौंमा ७.९५ प्रतिशत


  • 414
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    बढ्दो क्रममा महंगी, काठमाडौंमा ७.९५ प्रतिशत

    काठमाडौं । फागुन महिनामा ७.४४ प्रतिशतले महंगी बढेकोे छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा महंगी ७.४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त दर ७.१४ प्रतिशत रहेको थियो । 

    काठमाडौं उपत्यकामा ७.९५ प्रतिशतले महंगी बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६.३१ प्रतिशत रहेको मुद्रास्फीति यसपटक बढेर ७.९५ प्रतिशत पुगेको हो । 

    राष्ट्र बैंकको विवरण अनुसार हिमाली क्षेत्रमा मूल्यवृद्धि चर्को छ । अघिल्लो वर्षको फागुनमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको हिमाली क्षेत्रमा यसपटक  बढेर ८.०७ प्रतिशत पुगेको छ । त्यस्तै, तराईमा मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुनमा सो दर ७.३६ प्रतिशत रहेको थियो । पहाडमा भने मुद्रास्फीतिको दर अघिल्लो वर्षको फागुन भन्दा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ६.६९ प्रतिशत रहेको उक्त दर यसपटक ६.६७ प्रतिशत रहेको छ । 

    समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि दर अघिल्लो वर्ष भन्दा कम रहेको छ । अघिल्लो वर्ष फागुनमा ७.५१ प्रतिशत र २०७९/८० को माघ महिनामा ६.१९ प्रतिशत रहेको उक्त दर यसपटक ५.६४ प्रतिशत रहेको छ । गैर खाद्य तथा सेवाको मूल्यवृद्धि दर भने अघिल्लो आर्थिक वर्ष भन्दा धेरै रहेको छ । अघिल्लो आर्थिक वर्षको फागुनमा ६.८४ प्रतिशत रहेको उक्त दर यसपटक ८.८७ प्रतिशत पुगेको छ । जुन माघ महिनामा रहेको दर ९.२२ प्रतिशत भन्दा कम हो । 


    images

    Logo