काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा नेपालको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) ४.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले उक्त जानकारी दिएको हो । २०२४ मा भने सो दर बढेर ५.१ प्रतिशत पुग्ने पूर्वानुमान आईएमएफको छ ।
मुद्रास्फीति यस वर्ष ७.८ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ । २०२४ मा भने उक्त वृद्धिदर घटेर ६.३ प्रतिशत रहने अनुमान आईएमएफको छ । २०२२ मा ८.१ प्रतिशत रहने पूर्वानुमान गरिएको उक्त दर अनुमान भन्दा कम ६.३ प्रतिशत रहेको थियो ।
उक्त रिपोर्ट अनुसार एशियाका उदीयमान अर्थतन्त्रहरुको जीडीपी २०२३ र २०२४ मा क्रमशः ५.३ प्रतिशत र ५.१ प्रतिशतले बढ्नेछ । मुद्रास्फीति भने २०२३ मा ३.४ र २०२४ मा ३ प्रतिशत रहने जनाइएको छ ।
एडीबीले सार्वजनिक गरेको रिपोर्टमा २०२३ मा नेपालको जीडीपी ४.१ प्रतिशत र महंगी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो ।


