images
images

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट घोषणा (पूर्णपाठ)


  • 439
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट घोषणा (पूर्णपाठ)

    काठमाडौं । आगामी वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट घोषणा गरिएको छ । प्रत्येक आर्थिक वर्षको बजेट अघिल्लो वर्षको जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा उक्त बजे घोषणा गरेका हुन् । 

    यसअनुसार चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ३१ करोड पुँजीगत खर्चतर्फ ३ खर्ब २ अबर्ब ७ करोड, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रहेको छ । चालुतर्फको खर्चमध्ये ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण गरिने भएको छ । 

    त्यस्तै, स्रोततर्फ १२ खर्ब ४८ अर्ब ६२ करोड राजश्व, ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान, २ खर्ब १२ अर्ब ६५ करोड वैदेशिक ऋण, २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट जुटाइने उल्लेख गरिएको छ ।

    बजेटको यो आकार अघिल्लो आर्थिक वर्षको तुलनामा २.३७ प्रतिशत कम हो । त्यस्तै, चालु वर्षको कुल संशोधित खर्च अनुमानभन्दा १६.३७ प्रतिशत बढी हो ।


    images

    Logo