images
images

बेनी–जोमसोम सडक दश दिनदेखि अवरुद्ध, आयोजनाका प्रतिनिधि प्रहरी खोरमा 


  • 848
    SHARES
  • २०७८ श्रावण २ गते शनिबार

    बेनी–जोमसोम सडक दश दिनदेखि अवरुद्ध, आयोजनाका प्रतिनिधि प्रहरी खोरमा 

    काठमाडौं । पहिरोले अवरुद्ध सडक खुलाउन पहल नगरेपछि सडक निर्माण आयोजनाका प्रतिनिधि प्रहरी खोरमा पुगेका छन् । सडक अवरुद्ध भएको दश दिन बित्दापनि बेनी–जोमसोम सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउँन पहल नगरेको भन्दै प्रहरीले सडक निर्माण कम्पनिका प्रतिनिधिलाई नियन्त्रणमा लिएको हो ।

    बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वर पुल पारी पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन आलटान गरेपछि निर्माण कम्पनिका प्रतिनिधिलाई नियन्त्रणमा लिइएको प्रहरीले जननाएको छ ।

    प्रहरीका अनुसार, सडक निर्माण कम्पनी ओम कार्यश्वर कन्ट्रक्सनका एक इन्जिनियर र एक सुपरभाइजरलाई नियन्त्रणमा लिइएको हो । सडक अवरुद्ध हुंदा स्थानीयवासी तथा यात्रु मात्र होइन, एम्बुलेन्स समेत चल्न नसक्दा बिरामी समेत अलपत्र परेका छन् ।

    पहिरो आएको लामो समय बितिसक्दा पनि पहिरो पन्छाएर सडक खुलाउँन वेवास्ता गरेपछि निर्माण कम्पनिका प्रतिनिधिलाई नियन्त्रणमा लिइएको स्थानीय प्रशासनले जनाएको छ । असार २४ गतेदेखि अविरल बर्षाको कारण पहिरो, बाढी, हिलो र माटो थुप्रिएर सडक अवरुद्ध भएको थियो । 


    images

    Logo