काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफना लगानीकर्तालाइ प्यान नम्बर अपडेट गर्न भनेको छ । नेप्सेले लगानीकर्ताको सीएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण राजस्व कार्यालयमा राख्दा फरक फरक पाईएकोले छिटो अपडेट गर्न भनेको हो ।
प्यान नम्बर फरक फरक भएकोले लगानीकर्ताले आफ्नो पूँजीगत लाभकर खातामा नआएको गुनासो गरेका छन् ।
नेप्सेले सुचना जारी गर्दै लगानीकर्ताले सही प्यान नम्बर अपडेट नगरे पूँजीगत लाभकर खातामा नआएमा धितोपत्र ब्रोकर जिम्मेवार हुने नेप्सेले जनाएकाे छ ।



