images
images

एनआईसी एसियाको २ म्युचल फण्डको विवरण, दुवैको न्याभमा गिरावट


  • 478
    SHARES
  • २०७८ श्रावण १४ गते बिहीबार

    एनआईसी एसियाको २ म्युचल फण्डको विवरण, दुवैको न्याभमा गिरावट

    एनआईसी एसिया म्युचल फण्ड अन्तर्गतका २ फरक योजनाको वित्तीय विवरण सार्वजनिक भएको छ । एआईसी एसिया समूहको प्रवद्र्धनमा रहेको एनआईसी एसिया ब्यालेन्स फण्ड एवं एनआईसी एसिया ग्राथ फण्डको विवरण प्रकाशन भएको हो । विवरणअनुसार दुवै योजनाको खुद सम्पत्तिमा अघिल्लो महिनाको तुलनामा सामान्य गिरावट आएको छ । सोमध्ये एनआईसी एसिया ग्रोथ फण्डको प्रतिएकाई खुद सम्पत्तिमा ६० पैसाको गिरावट आएको छ भने एनआईसी एसिया ब्यालेन्स फण्डको प्रतिएकाई खुद सम्पत्तिमा ४८ पैसाको गिरावट आएको छ । एनआईसी एसिया ग्राथ फण्डले अघिल्लो महिनाको विवरणमा खुद सम्पत्ति १ अर्ब ६१ करोड बढी उल्लेख गर्दै प्रतिएकाई मूल्य १९ रुपैयाँ ३५ पैसा कायम गरेकोमा गत महिनाको विवरणमा करिब ५ करोड सम्पत्तिमा गिरावट आई १ अर्ब ५६ करोड ५८ लाख खुद सम्पत्ति उल्लेख गरेको छ । यसआधारमा सो योजनाको प्रति एकाई सम्पत्ति १७ रुपैयाँ ३० पैसा रहेको छ । सो योजनाअन्तर्गत ८ करोड ३५ लाख ५२ हजार इकाइ जारी गरिएको थियो । 
    यस्तै ७ करोड ५५ लाख एकाइ शेयर जारी गरेको एनआईसी एसिया ब्यालेन्स फण्डले १ अर्ब ३० करोड बढीको खुद सम्पत्ति रहेको विवरण सार्वजनिक गरेको छ । सो योजनाको प्रति इकाइ खुद सम्पत्ति १७ रुपैयाँ ३० पैसा रहेको छ । अघिल्लो महिनाको विवरण अनुसार प्रति इकाइ सम्पीत्त १७ रुपैयाँ ७६ पैसा रहेको थियो । 


    images

    Logo