मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले २० करोड बढी नाफासहितको वित्तीय विवरण सार्वजनिक गरेको हो । सो कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख बढी रहेको छ भने जगेडा कोषमा ३४ करोड रुपैयाँभन्दा बढी रहेको छ । यस आधारमा हेर्दा गत आवको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ बढी रहेको पाइन्छ भने मूल्य आम्दानी अनुपात ४०.२२ एवं प्रतिशेयर नेटवर्थ १७९।३८ रहेको छ ।