काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) १५ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचक १५.११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ विन्दुमा पुगेको हो । सो दिन १० अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहान मार्केट खोल्दा ३१ सय बिन्दुबाट कारोबार शुरु भएपनि दिनभरि परिसुचक घट्दो क्रममै रह्यो । दिनभर उतारचढावबीच कारोबार भएको बजारमा नेप्से सहित सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट सुचकहरु घटेको छ । १३ उपसुचकमध्ये ९ उपसुचकहरु घटेका छन् । होटल तथा पर्यटन र विकाश बैंकको उपसुचक मात्र बढेको छ । सबैभन्दा बढी गिरावट फाइनान्स र इन्भेष्टमेन्टको क्षेत्रमा देखिएको छ ।
आज बजारमा १८३ कम्पनीको कारोबार हुँदा १३० कम्पनीको शेयर मुल्य घटेको छ । ५१ कम्पनीको शेयर मुल्य बढेको छ भने २ कम्पनीको मुल्य स्थिर रहेको छ ।
आज सबैभन्दा बढी कमाउने कम्पनीहरुमा रिडि हाइड्रो, जिवन विकाश लघुबित्त, सप्तकोषि बिकास बैंक लगाएत छन् भने गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, जानकि फाइनान्स लगाएतका कम्पनि रहेका छन् ।


