काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । लघुवित्तले भदौ ५ गते बुटवलमा बस्नेगरी साधारणसभा बोलाएको हो ।
उक्त साधारणसभामा संस्थाको ४ जना सञ्चालक नियुक्त गर्ने तथा मर्जर तथा एक्विजिसनको सम्झौताका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ ।
साधारणसभा बोलाए पनि लघुवित्तले शेयरधनीका लागि भने कुनै लाभांश प्रस्ताव गरेको छैन ।