काठमाडौं । एनआईबीएल म्युचुअल फण्डको खुलामुखी योजनाले एकैपटक ५० प्रतिशत लाभांश दिने भएको छ । एनआईबीएल एस क्यापिटल एनआईबीएल सहभागिता फण्डले आर्थिक वर्ष २०७७÷७८ को कारोबारमा आधारित खुद इकाइ मूल्यबाट इकाइधनीलाई सो बराबरको लाभांश दिने भएको हो ।
बिहीबार बिहान साढे ३ बजे बसेको परियोजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो प्रयोजनका लागि बिहीबार नै बुक क्लोज गरिएको छ ।
यसरी प्राप्त गर्ने लाभांशलाई इकाइधनीले नगद लाभांशको रुपमा लिन वा पुनः इकाइमै लगानी गर्ने विकल्प रोज्न पाउनेछन् । पुनः लगानी गर्न चाहने इकाइधनीले साउन २२ गतेसम्म आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ ।