काठमाडौं । कोरोना महामारीकाबीच लघुवित्त वित्तीय संस्थाहरुले नाफामा आक्रामक विस्तार गरेको छन् । आर्थिक वर्ष २०७७/७८ मा लघुवित्त वित्तीय संस्थाहरुको नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
आइतबारसम्म सञ्चालनमा रहेकामध्ये १४ वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । तीमध्ये धेरैजसो लघुवित्त संस्थाको नाफामा उच्च वृद्धि देखिएको छ ।
सिराहाको गोलबजार केन्द्रीय कार्यालय रहेको सिर्जनशील लघुवित्त अघिल्लो वर्ष १ करोड ३७ लाख रुपैयाँ नोक्सानमा थियो । आर्थिक वर्ष २०७७/७८ मा यो अवस्थालाई उल्ट्याउँदै सिर्जनशीलले ६ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा सो कम्पनीको हाल रहेको ७ करोड चुक्ता पुँजीको आधारमा प्रतिशेयर ८६.५५ रुपैयाँ हो ।
धेरै पुँजी भएकोमध्ये एक मानिने डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले पनि यो वर्ष ६१.७३ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको छ । अघिल्लो वर्षको नाफाको आकारलाई १६० प्रतिशतले बढाउन सफल हुँदा डिप्रोक्सले सो प्रगति हासिल गरेको हो ।
वित्तीय विवरण प्रकाशित गरेकामध्ये राष्ट्र उत्थान लघुवित्त, सबैको लघुवित्त र जाल्पा लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ भन्दा माथि छ ।
उता मिर्मिरे लघुवित्तले यो वर्ष ४ सय ८३ प्रतिशत नाफा बढाएर प्रतिशेयर आम्दानी ४६ रुपैयाँ पुर्याएको छ । ४३ करोड रुपैयाँ चुक्ता पुँजी भएको मिर्मिरेले उच्च पुँजीका बाबजुद नाफामा उल्लेख्य विस्तार गरेको हो । महुली लघुवित्तले पनि आफ्नो नाफा ३ सय ५६ प्रतिशतले बढाएर प्रतिशेयर आम्दानी ४३.७८ रुपैयाँ पुर्याएको छ ।
यीबाहेक आशा, समता, स्वरोजगार, राष्ट्र उत्थान लगायतका लघुवित्तको प्रगति पनि राम्रो देखिएको छ ।
थोक कर्जाको कारोबार गर्ने आरएमडीसी लघुवित्तको नाफा भने यो वर्ष सामान्य मात्रै बढेको छ । आरएमडीसीले आफ्नो नाफामा १३ प्रतिशत वृद्धि हासिल गदा २२ रुपैयाँ प्रतिशेयर आम्दानी गर्न सफल भएको छ ।
खुद्रा ऋणकै कारोबार गर्ने फर्स्ट माइक्रोफाइनान्सले भने यो वर्ष उत्साहजनक रिपोर्ट दिन सकेन । ८७ करोड रुपैयाँ चुक्ता पुँजी भएको सो कम्पनीले यो वर्ष १४ करोड १५ लाख रुपैयाँ नाफा कमाएर प्रतिशेयर आम्दानी १६.१४ रुपैयाँमा सीमित राखेको छ ।
यस्तो छ १४ वटा लघुवित्तको अवस्था
|
|
खुद नाफा |
|
|
|
|
नाम |
२०७७/७८ |
२०७६/७७ |
चुक्ता पुँजी |
ईपीएस |
|
साधना लघुवित्त वित्तीय संस्था |
117095.07 |
39513.78 |
25.7 |
45.57 |
|
आशा लघुवित्त वित्तीय संस्था |
127141.36 |
46630.47 |
26.71 |
47.6 |
|
महुली लघुवित्त वित्तीय संस्था |
98047.56 |
21501.59 |
22.39 |
43.78 |
|
सिर्जनशील लघुवित्त वित्तीय संस्था |
60587.74 |
-13781.13 |
7 |
86.55 |
|
डिप्रोक्स लघुवित्त वित्तीय संस्था |
713729.53 |
274991.4 |
115.62 |
61.73 |
|
समता घरेलु लघुवित्त वित्तीय संस्था |
108361.34 |
51328.77 |
28.56 |
37.94 |
|
स्वरोजगार लघुवित्त वित्तीय संस्था |
154321.23 |
57233.23 |
41.13 |
37.52 |
|
आरएमडीसी लघुवित्त वित्तीय संस्था |
322568.7 |
286008 |
103.42 |
22.49 |
|
मिर्मिरे लघुवित्त वित्तीय संस्था |
200133.15 |
34339.96 |
43.5 |
46 |
|
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था |
49569.35 |
16553.01 |
17.5 |
28.325 |
|
सबैको लघुवित्त वित्तीय संस्था |
114316 |
34466 |
20.6 |
55.49 |
|
धवलागिरि लघुवित्त वित्तीय संस्था |
35086 |
8819 |
7 |
50.12 |
|
फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था |
141528 |
139728 |
87.68 |
16.14 |
|
जाल्पा सामुदायिक लघुवित्त |
62973.02 |
19442.79 |
10.78 |
58.42 |


