images
images

ग्यास उद्योगीले बेच्न थाले ५०० किलोसम्मका सिलिन्डर, कारबाही गर्ने निगमको चेतावनी


  • 627
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    ग्यास उद्योगीले बेच्न थाले ५०० किलोसम्मका सिलिन्डर, कारबाही गर्ने निगमको चेतावनी

    काठमाडौं । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमता भएका सिलिण्डरमा ग्यास भरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । ५०० किलो सम्मको क्षमता भएको सिलिण्डरमा ग्यास बेचिएको भन्ने विषय सामाजिक सञ्जालमा आएको भन्दै निगमले बिहीबार सूचना जारी गरि चेतावनी दिएको हो । 

    केही उद्योगहरुले ५० किलो, ४५० किलो आदिका सिलिण्डरमा ग्यास बेचेको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिरहेको  विषयमा निगमको ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरिएको छ । निगमसँग आवद्ध केही ग्यास उद्योगहरुले पहिले नै त्यसका लागि अनुमति मागेको तर निगमले उक्त अनुमति अस्वीकार गरेको समेत सूचनामा जनाइएको छ । 

    एल. पी ग्यास नियमावली २०६५ अनुसार १४.२ केजी भन्दा बढी क्षमताका सिलिण्डरमा ग्यासको बिक्री गर्नु गैर कानुनी रहेको भन्दै निगमले त्यस्तो कार्य बन्द गर्न निर्देशन दिएको छ । यदि सो गरेको पाइएमा नियमावलीमा तोकिएबमोजिमको कारबाही गर्ने चेतावनी निगमले दिएको छ । 

    साथै, निगमले १४.२ केजी भन्दा बढी क्षमताको ग्यास सिलिण्डर प्रयोग नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ । 


    images

    Logo