काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले उक्त नाफा वृद्धि गरेको जनाएको हो ।
यो आर्थिक वर्षमा बैंकले कुल २ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २४ करोड मात्रै नाफा कमाएको थियो ।
इम्पेरिमेन्ट चार्जको रकम फिर्ता आउँदा बैैंकले सो बराबरको नाफा कमाएको हो ।
इम्पेरिमेन्ट चार्जका लागि अघिल्लो वर्ष ८० करोड रुपैयाँ छुट्याएको बंगलादेश बैंकले यो वर्ष करिब २७ करोड रुपैयाँ फिर्ता पाएको छ । यसको प्रभाव नाफामा देखिएको छ ।
एक वर्षको अवधिमा बैंकले निक्षेपमा २१ अर्ब र कर्जामा ९ अर्ब विस्तार गरेको छ । तर, बजारको ब्याजदर घट्दा बैंकको खुद ब्याज आम्दानी घटेको छ । बैंकले कामएको नाफाबाट १ अर्ब ४७ करोड रुपैयाँ शेयरधनीलाई बाँड्न पुग्छ । यो रकमबाट करिब १६ प्रतिशत लाभांश दिने क्षमता बैंकले राख्छ ।


