images
images

बाग्मती प्रदेशमा बढ्यो सवारी कर, कुन सवारीले कति तिनुपर्छ ?

बाइकमा २ हजार, कारमा ९ हजार रुपैयाँसम्म कर बढ्यो


  • 3.7K
    SHARES
  • २०७८ श्रावण २६ गते मंगलबार

    बाग्मती प्रदेशमा बढ्यो सवारी कर, कुन सवारीले कति तिनुपर्छ ?

    काठमाडौँ । बाग्मती प्रदेशका सवारीधनीलाई थप व्ययभार पर्ने भएको छ । बाग्मती प्रदेश सरकारले सवारी कर वृद्धि गरेसँगै सवारीधनीमा व्ययभार थपिएको हो । 

    प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सभामा पेश गरेको आर्थिक बर्ष २०७८/ ७९ को आर्थिक बिधेयकमा पसवारी कर प्रतिसवारी ९ हजार रुपैयाँसम्म वृद्धि गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव प्रदेश सभाबाट पारित भइसकेको छ । 

    प्रदेश सरकारले निजी, भाडाका तथा बिद्युतिय सवारी साधनको सवारी कर बृद्धि गरेको हो । निजी सवारी साधनको भाडा इन्जिन क्षमता (सीसी)को आधारमा र बिद्युतिय सवारी साधनको वाट क्षमताको आधारमा सवारी कर बृद्धि गरेको छ ।

    सरकारले प्रदेश सवारी तथा यातायात ब्यबस्था ऐन, २०७५ बमोजिम भाडादर तोकेको छ । निजी सवारी साधन, भाडाका सवारी तथा बिद्युतिय सवारी साधनको इन्जिन क्षमता (सीसी)को आधारमा सवारी कर तोकेको छ । 
    अधिकांश सवारी साधनमा अघिल्लो बर्षको भन्दा सवारी कर बृद्धि गरिएको छ ।

    कति तिर्नुपर्छ निजी सवारी धनीले कर ?
    १. कार, जीप, भ्यान, माइक्रोबसको धनिले तिर्नुपर्ने कर 

    b2.jpg


    सरकारले अघिल्लाे बर्षकाे तुलनामा यो बर्ष कार, जीप, भ्यान, माइक्रो बस र बसमा १ हजार रुपैयाँ  देखि  ९ हजार रुपैयाँसम्म इन्जीन क्षमताकाे आधारमा सवारी कर बढाएकाे छ ।

    २. मोटर साइकल तथा स्कुटरका  धनिले  याे बर्ष तिर्नुपर्ने कर

    b1.jpg

    याे बर्ष बाइक तथा स्कुटर धनीले २ सय देखि २ हजार रुपैयाँ बढि सवारी कर तिर्नुपर्नेछ । ४०० सीसी भन्दा माथिको बाइक तथा स्कुटरको कर  यथावत् रहेको छ 

    ३. बिद्युतीय सवारी धनी (मोटर साइकल, स्कुटर, कार, जीप, भ्यान, माइक्रो बस र बस) ले तिर्नुपर्ने कर

    सवारीधनीले यो बर्ष  मोटर साइकल तथा स्कुटरमा ५ सय रुपैयाँ  बढि कर तिर्नुपर्नेछ । १५०० वाट भन्दा माथिका सवारीको कर यथावत् राखिएको छ ।

    b3.jpg
    बिद्युतीय सवारी मध्ये कार, जीप, भ्यान, माइक्रो बस र बसको सवारी कर यथावत् रहेको छ ।

    बिद्युतिय सवारी (मोटर साइकल तथा स्कुटर) मा कर बढ्यो

    सरकारले बिद्युतिय सवारी चलाउनको लागि बिभिन्न करहरुमा छुट दिने घोषणा बेला बेलामा गरिरहेको हुन्छ । तर, बाग्मती प्रदेश सरकारले बिद्युतिय सवारी साधनमा झन् कर बढाएको छ । सरकारले अघिल्लो अर्थिक बर्षको भन्दा यो बर्ष सबै किसिमका सवारी साधनको सवारी करमा बृद्धि गरेको भएपनि सबैभन्दा बढि बिद्युतिय सवारी मोटर साइकल तथा स्कुटरमा सवारी कर बृद्धि गरेको छ । 

    अघिल्लो बर्ष ३५० वाट देखि १००० वाट सम्मका सवारीले १५ सय रुपैयाँ, १००१ वाट देखि १५०० वाट सम्मका सवारीले २ हजार रुपैयाँ र १५०१ वाट भन्दा माथिका बिद्युतिय मोटर साइकल तथा स्कुटरले ३ हजार रुपैयाँ सवारी कर तिरेका थिए ।

    तर बिद्युतिय कार, जीप, भ्यान र माइक्रोबसको सवारी कर लगभत यथावत् नै रहेको छ ।

     


    दिलिप खड्का
    खड्का नेपालअर्थ डटकमका संवाददाता हुन् ।


    images

    Logo