काठमाडौ । सिनर्जी पावरको १५ औं साधारण सभा भदौ १८ गते हुने भएको छ ।
कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले भदौ १८ शुक्रबार बालुवाटार स्थित कार्यालयमा भर्चुअल माध्यमबाट साधारण सभा गर्ने निर्णय गरेको हो ।
सो प्रयोजन को लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्मको लागि शेयरधनी किताब खाता बन्द रहने जनाइएको छ । साधारणसभा घोषणा गरे पनि सो कम्पनीले शेयरधनीका लागि लाभांश प्रस्ताव भने गरेको छैन ।